काठमाडौं – नेपाल वायुसेवा निगमले दुइ थान ठूला (वाइड बडी) खरिद गर्न सम्बद्ध कम्पनीलाई बैना स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ ।
राष्ट्रिय ध्वजाािहक निगमले बुधबार राती हिमालयन बैंकको न्यूरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी ‘हाइफ्लाई एयरलाइन्स’ लाई उक्त रकम पठाएको हो ।
‘हाइफ्लाई एयरलाइन्स’को स्वीट्जरल्यान्डमा रहेको बैंक खातामा निगमले पैसा पठाएको हो ।






