किन रोकियो ‘अर्थमन्त्री’ बिष्णु पौडेलको सपथ ?

काठमाडौं , २५ असोज । एमाले उपमहासचिव विष्णु पौडेल सोमबारको मन्त्रिपरिषद् गठनमा पर्ने पक्का थियो । एमालेका अरु मन्त्रीहरुको नाम टुङ्गो नलाग्दै प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका पौडेल अर्थमन्त्री हुने टुङ्गो लागिसकेको थियो ।

तर,एमालेबाट तीन मन्त्रीले सपथ लिँदा पनि शीतल निवासमा उनको नाम आएन । अर्थमन्त्री पक्का भइसकेका पौडेल किन मन्त्री भएनन् भन्ने प्रश्न धेरैको मनमा उठेको छ ।

एमाले स्रोतका अनुसार ओलीपछि एमालेबाट दोस्रो बरियताको मन्त्री को हुने भन्ने टुंगो नलागेका कारण बिष्णु पौडेल अर्थमन्त्री हुने निर्णय अन्तिम अवस्थामा रोकिएको हो ।

गृह र परराष्ट्र मन्त्रालय एमालेसँग नरहने भनेपछि उपाध्यक्ष भीम रावल मन्त्री बन्ने सम्भावना अन्त भएको छ । अब सम्भवतः अर्को विस्तारमा बिष्णु पौडेल सहित एमालेका अन्य मन्त्री थपिनेछन् ।