कल्पना त्रिपाठी
चरणमा कम्पन लिई, डुल्दै डाँडा पाखा !
चुभेका ति ब्यथा सँग, रसिला ति आँखा !
गाउँदै हिड्छु पाखा भरि, निर्ममताको गाथा !
रेटि रेटि प्राणको तार, बिरहको भाका !
अन्धकार मन भरि, न उज्यालो न आकार छ !
जति देखें मर्ने वाला, मात्र प्रेम साकार छ !
भन्ने हरु भन्ने गर्थे, जीवन सहज सरल छ रे !
खोज्दा खोज्दै प्रेमको फुल, काँडा मात्र पाएँ हरे !
कस्तो जलन प्राणको, कस्तो पुलक आँखाको !
जति मार खाए पनि, रोजाइ स्नेही भाकाको !
हत्तेरिका कस्तो जीवन, कता लगें मैले ?
समयले छाडि सक्यो, आंखा खुल्यो अैले !
एकान्त नै आफ्नो रैछ, आफु आफ्नै
साथी !
बाहिर छाडि आफै तिर, फर्कनु नै जाति !
ब्यर्थ रैछ अनवरत, यात्रा सोध खोजमा !
सारा दशा पार हुने, स्थिर आत्मवोधमा !
समाजसेवी तथा सामाजिक अभियन्ता कल्पना त्रिपाठी गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार -तथा डाइरेक्टर – अक्स् ब्रिज इन्टरनेशनल कलेज नेपाल र लण्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितीमा महासचिव समेत हुन् ।






