काठमाण्डाै २५ असाेज । एमाले उपाध्यक्ष तथा निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले आफू पुनः मन्त्रिपरिषदमा दोहोरिन नचाहेको प्रष्ट पारेका छन् ।
गौतमले बरिष्ठ उपप्रधानमन्त्री सहित उर्जा मन्त्रालय लिन चाहेको भनी पार्टी पंक्तिभित्र प्रचार गरिएपछि उनले प्रधानमन्त्री केपी ओलीसहित प्रमुख नेताहरुलाई मन्त्री बन्न नचाहेको बताएका हुन् ।
गौतमले अनलाइनखबरसँग कुरा गर्दै आफू मन्त्री दोहोरिन चाहेको भनी गलत हल्ला चलाइएको बताए । ‘म पार्टी उपाध्यक्षको हैसियतमा कमरेड केपी ओलीको सरकारलाई पूर्ण रुपमा सफल बनाउने भूमिकामा रहनेछु’ गौतमले भने ।






