जनसम्पर्क समिति बेलायतले भोलि कोइरालाको अन्त्येष्टि सभा गर्ने

लन्डन– पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न लन्डनमा पनि श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।12696233_10205678835199006_1717407863_n[1]

नेपाली जनसम्पर्क समिति बेलायतले कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्न भोलि १० फेब्रुअरी २०१६ का दिन बिहान ११:३० 500 Ruislip Road, Northholt, UB5 6AT स्थित ब्लु आर्किड रेस्टुरेन्टमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको युवा नेता तथा महासमिति सदस्य शान्तविनोद लामिछानेले जानकारी दिए ।

जनसम्पर्क समिति बेलायतले श्रद्धाञ्जलि सभा तथा अन्त्येष्टि कार्यक्रममा सहभागी हुन कांग्रेस नेता कार्यकर्ता, शुभेच्छुक एवं बेलायतबासी नेपालीलाई अपिल गरेको छ ।

यसैगरी समितिले १३ अ‍ैं पुण्य तिथिका दिन २१ फेब्रुअरीमा दिउँसो १२ बजे श्रद्धाञ्जलि कार्यक्रम तथा अधिवेशन पनि आयोजना भएकाले सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्यलाई अपिल गरेको सचिव विश्व घिमिरले जानकारी दिए ।