नेपाल पाकिस्तानसँग पराजित

This image is FREE to use - ICC World Cricket League Championship, Scotland v Nepal at Ayr CC, New Cambusdoon (rain day played — 01.08.2015) - Scotland batsman Matthew Cross (who went on to make 51 not out) hits the ball for 6 in the home victory, chasing down a Duckworth Lewis total of 109, in 14 overs to finish on 111 for 1 - www.cricketscotland.com - picture by Donald MacLeod - 07702 319 738 - clanmacleod@btinternet.com - www.donald-macleod.com

काठमाडौँ- उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ स्थानका लागि आज भएको पाकिस्तानविरुद्धको ‘प्ले अप म्याच’मा नेपाल पराजित भएको छ ।

बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रङ्गशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५८ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । पाकिस्तानका जितमा हसन मोहिनले शतकसहित ११७ रन जोडे भने सइफ मोहसिनले ८८ बनाए ।

त्यस्तै, नेपालका लागि भने प्रेम तामाङले सर्वाधिक ६५ रन जोडे । कप्तान राजु रिजालले १५, सन्दीप सुनुवार पाँच तथा योगेन्द्र सिंह कार्कीले चार रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेन ।