विश्वकप फुटवलमा ‘सट्टेबाजी’ खेलाउने ३ जना प्रहरी फन्दामा

काठमाडौं– विश्वकप फुटबलमा अवैध सट्टेबाजी खेलाउने तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१५ बज्रहोटल नजिक सट्टेबाजी खेलाइरहेको अवस्थामा म्हैपी बस्ने प्रकट महर्जन, रामघाट बस्ने रेजिन महर्जन र चागल बस्ने सुजेन शाहीलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उमेरले २२ र २५ बर्षका निजहरुको साथबाट ६ लाख ९९ हजार नगद तथा उनिहरुले प्रयोग गर्दै आएको ४ थान मोवाईल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

रसियामा जारी विश्वकप फुटवलको टिमको हारजितमा विभिन्न ब्यक्तिहरुसँग नगद लाभ लिनेगरी अभियुक्तहरुले अवैध सट्टेबाजी खेलाउँदै आएका थिए । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।