लन्डन । नटिङघम नेपाली समाज यूकेको अध्यक्षमा राम पन्थी निर्वाचित भएका छन् । समाजको सातौ साधारणसभाले पन्थीको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा मुकुन्द हरी खराल ,लोकनाथ अधिकारी चयन भएका छन् ।
नयाँ कार्यसमितिको महासचिबमा बिरेन्द्र खड्का, सह-सचिब पदम बहादुर गोले, कोषाध्यक्ष रबिन्द्र गिरी, सह-कोषाध्यक्ष मोहन के. सी रहेका छन् ।
यसैगरी सदस्यहरुः- भवानी आचार्य, योग्य डुम्रे, अशोक रिजाल, बसन्त अधिकारी, खगेन्द्र साहानी, द्रोण डाँगी, अर्जुन सापकोटा, हेमलाल गैरे, कला भट्टराई, चोलाकान्त न्यौपाने रहेका छन् ।

पूर्व अध्यक्ष प्रबिन पान्डे संयोजक रहेको तथा सस्थापक अध्यक्ष रण बहादुर के शी,बिष्णु चालिसे ,गोभिन्द खरेल ,दिपक सापकोटा, गिता भट्टराई लगाएतको निर्वाचन कमिटीले निर्वाचित समितिको घोषणा गरेको थियो साथै पदाधिकारीलाई सपथ गराएको थियो । 







