लन्डन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधि सभा सांसद रवि लामिछाने बेलायत आउने भएका छन्। सभापति लामिछाने डिसेम्बर १० मा बेलायत आउन लागेका हुन ।
बेलायतस्थित विभागका सभापति पवन शर्मा र कार्यक्रम संयोजक ज्ञान प्रसाद गुरुङका अनुसार सभापति लामिछानेले ५ दिनेका लागि बेलायत भ्रमणमा आउने छन ।
सभापति लामिछाने बेलायत आएकै दिन १० डिसेम्बरमा
स्विंडनको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संयोजक ज्ञान गुरुङले बताए ।
यसै गरी सभापति लामिछाने डिसेम्बर ११ मा मिडल्यान्ड, र १२ डिसेम्बरमको बिहान लण्डन र बेलुका अल्डरसटमा हूने
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै १३ डिसेम्बरमा बेलयाती सांसद तथा त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने र १४ डिसेम्बरमा बेलायतको विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने छन्
त्यस्तै १५ डिसेम्बरमा ५ दिनको भ्रमण पूरा गरी नेपाल फर्किने कार्यक्रम रहेको सयोजक गुरुङले लण्डन नेपाल न्यूजलाई बताए ।






