लन्डन । नेपाली वेलफेयर सोसाईटी युकेको अध्यक्षमा धविन्द्र बौडेल चयन भएका छन् ।
क्रानफोर्ड कम्युनिटी कलेज हाउन्स्लोमा शनिबार २५ नोभेम्बर २०२३ तारिखमा भएको नेपाली वेलफेयर सोसाईटीकोले चौथों वार्षिकोत्सव तथा वार्षिक साधारणसभाबाट धविन्द्रको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्ष तेजेन्द्र गुरुङ, महासचिव शमशेर नेपाली, सचिव बुद्धिबहादुर रुचाल र कोषाध्यक्षमा किरण नेपाली चयन भएको निर्वाचन समितिले जनाएको छ । सदस्यमा सरस्वाती नेपाली रहेकी छन् ।
कार्यसमिति चयनका लागि दिलबहादुर सार्की प्रमुख रहेको निर्वाचन मण्डल तोकिएको थियो । सदस्यहरु उदीबहादुर नेपाली, बुदीबहादुर सार्की, हेमलाल सार्की र सुमन नेपाली रहेका थिए ।

संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष धनबहादुर सार्कीलाई संस्थाको आजीवन संरक्षकको घोषणासमेत गरिएको छ । सार्कीले नयाँ कार्यसमितिलाई शुभकामना तथा निवर्तमान कार्यसमिति, संस्थाका उपस्थित सदस्यहरुलाई धन्यवाद दिएका थिए ।






