काङ्ग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं– नेपाली काङग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बुधवार बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाएको काङ्ग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले जनाएका छन् ।

बैठकमा समसामयीक विषयका साथै काङ्ग्रेसले संसदमा खेल्नुपर्ने भुमिकाका बारेमा छलफल हुने बताइएको छ ।

काङ्ग्रेस सांसद तथा नेता मीन विश्वकर्माले संसदमा पेश भएका विधेयकबारे समेत छलफल गर्नुपर्ने भएकाले बैठक वोलाएको जानकारी दिए ।

पछिल्लो समय काङ्ग्रेसले प्रमुख प्रतिपक्षको भुमिका प्रभावकारी बनाउन नसकेको भन्दै पार्टीभित्रै आलोचना बढ्दै गएको छ ।

यस्तै अध्यादेशविपरित चिकित्सा शास्त्र विधेयक प्रतिस्थापन गर्ने सरकारको तयारीप्रति पनि काङ्ग्रेसले असहमति जनाउदै आएको छ ।