प्रधानन्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिने भएपछि संसद खुल्यो

काठमाडौं– सत्तापक्ष प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ता लिन र पूरानै स्थानीय तहमा चुनाव गराउन सहमत भएपछि एमालेले संसद अबरोध खुलेको छ ।

शनिबार बिहान सभामुखको कार्यकक्षमा भएको वार्तामा सरकार महाभियोग फिर्ता लिन र पुरानै स्थानीय तहका निर्वाचन गराउन सहमत भएको हो । सरकार महाभियोग र स्थानीय तह वृद्धिको विषयमा लचक भएपछि एमालेसमेत संसद्को जारी अवरोध खुलाउन सहमत भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाका अनुसार, पहिलो चरणको स्थानीय चुनावका क्रममा दोलखा,धादिङ, हुम्लालगायतका जिल्लामा राज्य पक्षबाट भएको ज्यादति र धाँधलीका घटना छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने सहमति समेत भएको छ ।