ऋणका कारण पूरै परिवारको हत्या पछि आत्महत्या, यस्तो छ सुसाइड नोट

ऋणबाट छुट्कारा पाउन एक व्यक्तिले पत्नी सहित दुई छोरीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन्। उनले हत्या र आत्महत्याका लागि विषको प्रयोग गरेको प्रहरीले जनाएको छ।

यो घटना भारतको शिवणेस्थित पोकलेनगर भन्ने स्थानको हो। प्रहरीले चार जनाको शवसँगै एक सुसाइड नोटसमेत बरामत गरेको थियो। ३९ वर्षीया निलेश सुरेश चौधरीले पोकलेनगरमा एउटा घर किनेका थिए।

उनी त्यही घरमा आफ्नी पत्नी र दुई छोरीका साथमा बस्दै आएका थिए। शुक्रबार दिउँसै निलेशको घर बन्द थियो। राति पनि घरमा बत्ति नबलेको देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोली घरको ढोका फोडेर भित्र पस्यो। भित्र छिरेपछि प्रहरीले ३ जनाको शव विष सेवन गरेको अवस्थामा र निलेशको शव झुण्डिएको अवस्थामा फेला पार्यो।

मृतक निलेशले प्लास्टिकको व्यवसायि गर्दै आएका थिए। उनले त्यही व्यपारका लागि ऋण लिएका थिए र त्यो ऋण उनले तिर्न सकेका थिएनन्।

प्रहरीले फेला पारेको सुसाइड नोटमा निलेशले लेखेका थिए, ‘व्यापारमा भएको घाटाका कारण मैले मेरो परीवारको जीन्दगी खतम गरेको हुँ। मलाई एकै कुराको दुख छ की मेरा दुबै छोरीले मलाई माया गर्छन्। दुबै सुन्दर र पढाइमा पनि उत्तिकै उत्कृष्ट छन्। हामी भएपछि उनीहरुले दुख नपाउन त्यसैले उनीहरुलाई पनि साथमा लिएर जार्दैछु। यसका लागि कसैलाई पनि जिम्मेवारी नठहराइयोस्।’

एजेन्सी