लन्डन । पूर्वको चर्चित जिल्लाको रुपमा रहेको ओखलढुंगाबाट बेलायतमा आइ बसोबास गरिरहेका जिल्लाबासीहरुले स्वागतद्वार स्थापना सहयोगार्थ शनिबार एक च्यारिटी कार्यक्रम गरेको छ ।
अल्डरसटस्थित एम्पायर हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी थिए बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी ।
समाजका अध्यक्ष नानीबाबु मगरको सभापतित्व सम्पन्न च्यारिटी डिनर एबं चन्दा संकलन गरि हालसम्म करिब १६ हजार पाउण्डको प्रतिवद्धता आएको समाजका महासचिव नारायण गुरुङले जानकारी दिएका छन् । करिब तीस लाख रुपैयांको लागतमा मानेभन्ज्याङ गाउंपालिकामा पर्ने हर्कपुरमा स्वागतद्वार बनाउने समाजको लक्ष्य रहेको छ ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथी राजदूत सुवेदीले ओखलढुंगाको ऐतिहासिक, साहित्यिक, सांस्कृतिक तथा भौगोलिक विशेषता रहेको चर्चा गर्दै मातृभूमिप्रति ओखलढुंगेलीहरुको सहयोगी भावनाको प्रशंसा गरे ।
अध्यक्ष नानीबाबु मगरले ओखलढुंगा जिल्लासंगै जोडिएको सिन्धुली, उदयपुर एवम खोटाङ जिल्लाको सिमा नजिक पर्ने सो स्वागत द्वारले त्यस क्षेत्रको सौन्दर्यलाई थप मोहक बनाउने विश्वास व्यक्त गर्दै सहयोगदाताप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा सम्वोधन गर्दै लेखक एबं समाजका सल्लाहकार शिवजी श्रेष्ठले ओखलढुंगा नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि, सांगीतिक, साहित्यिक क्षेत्रमा समेत आफ्नो बेग्लै प्रभाव राख्न सफल जिल्लाको रुपमा परिचित रहेको बताउंदै यस जिल्लाबाट बेलायतमा ब्रिटिश सेना तथा अन्य रुपमा आइ बसोबास गर्नेहरुको संख्या उल्लेख्य रहेको बताए ।
सन् २०१५ मा स्थापित उक्त संस्थाले यसअघि पनि जिल्लाका लागि विभिन्न सहयोग गर्दै आएको छ । गत वर्ष ओखलढुंगामा ५६ वर्ष अगाडि स्थापित स्थानीय सामुदायिक अस्पतालमा रहेको रक्तसंचार केन्द्रका लागि ‘मेडिकल फ्रिज’ प्रदान गरिएको संस्थाका सल्लाहकार श्रेष्ठले बताए ।
विष्णुराज गुरुङले संयोजन गरेको दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा वरिष्ठ गायिका मिरा राणा, ओखलढुंगे गायिका मौसमी गुरुङसहित स्थानीय कलाकार अमृता गिरी गजुरेल लगायतले गायन प्रस्तुत गरे । गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गजुरेल आदिले नृत्य प्रस्तुत गरेका थिए । राफल ड्र, कमेडी प्रस्तुति र डिजे पनि कार्यक्रमका अरु आकर्षण थिए ।
कार्यक्रममा पाइपको धुनमा सहभागीहरुको स्वागत गरिएको थियो ।
समाजका अध्यक्ष नानीबाबु मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी महासचिब आर के त्रिपाठी पूर्व उपाध्यक्ष हिराधन राई, नेपाल पत्रकार महासंघ यूकेका संस्थापक अध्यक्ष नबिन पोख्रेल, सचिब शिब भण्डारी लगायतको सहभागिता थियो ।च्यारिटी डिनर कार्यक्रममा लन्डन नेपाल न्यूज डट कमको लाइभ —






