‘नाइँ नभन्नु ल ६’ मा आँचलको जोडी आशीर्वाद

काठमाडौं। फिल्म‘नाइँ नभन्नु ल’को छैटौँ सिरिजमा नायिका आँचल शर्मा अनुबन्धित हुने भएकी छन् । आँचल सँग निर्माण टिमले मौखिक सहमति गरी सकेको छ ।

विकास आचार्यको निर्देशन रहने फिल्मको केही दिन पछि पत्रकार सम्मेलन गर्दै औपचारिक रुपमा घोषणा गरिने छ । आँचलले फिल्म ‘नाइँ न भन्नु ल ४’ बाट ठुलो पर्दा डेब्यु गरेकी थिइन् ।

‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिँदै आएका बाल कलाकार अनुभव रेग्मी भने यो फिल्ममा अटाउने छैनन् ।

फिल्मको लागि नायक र अन्य कलाकार भने छनोट भैसकेका छैनन् l फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु हुने छ ।