लण्डन । “आगनमा” बोलको गीत फेब्रुअरी २ मा रिलीज भएको छ। जसमा हिजोआज नेपाली गजल गायनमा “उ जितेर गई या हारेर गई” बोलको गीतबाट नाम चलेका गायक राज सिग्देल र सुजाता उपाध्यायको स्वर रहेको छ।यस गीतमा शब्द संगीत र एरेन्ज किरण भण्डारीको रहेको छ।
आगनमा यमन रागलाई आधार मानेर कम्पोज गरीएको गीत हो। यस गीतको भिडियोमा कृष्ण मल्ल जो पेन्टर कृष्णको नामले चर्चित छन भने मोडल जेसिका कुमार टिन युनिभर्स अश्ट्रेलिया उपाधि जितेकि फिजि ईन्डियन हुन।
उक्त भिडियोको छायांकन र सम्पादन किरण कै रहेको छ साथै भिडियो निर्माणमा सह- निर्देशन निरज खरेलको रहेको छ र मुख्य निर्देशनको कार्यभार स्वयं कृष्ण मल्लले नै गरेको जानकारी प्राप्त भएको छ।
यस भिडियोलाई थन्डरस्ट्रोम अडियो भिडियोले प्रस्तुत गरेको हो भने बुढा सुब्बा म्युजिकले बजार ब्यबस्थापन गरेको हो।
हेर्नुहोस भिडियो:






