लन्डन । बेलायतमा लामो समयदेखि बस्दै आएका समाजसेवी,एबं पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले पर्वतको फलेवास ३ चाउकास्थीत जनसहयोगि माविका विपन्न बालबालीकालाई न्यानो कपडा सहयोग गरेका छन् ।
बालबालिकाको पारिवारिक आर्थिक अवस्था निकै कमजोर रहेकाले विपन्न बालबालीकालाई आचार्यले सहयोग हुन । जिल्लाको जलजला ७ धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आएका दधी आचार्यले न्यानो कपडा पठाएपछि बालबालीमा खुसी छाएको छ । विगत दुई दसकदेखि बेलायतमा बस्दै आएका आचार्य निकै सरल स्वभावका छन् ।
बेलायत बसेर भएपनि देशको लागि केहि गर्नुपर्छ र समाजसेवा गर्नुपर्छ भन्ने भावना राख्ने आचार्यले यसअघि पनि विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएका छन् ।
आचार्यले पठाएको न्यानो कपडा विद्यालयको कक्षा १ देखि १० सम्मका सबै बालबालिकाहरुलाई वितरण गरिएको छ । आचार्यले पठाएको १७० थान न्यानो कपडा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले वितरण गरेका हुन ।








