लन्डन ।
झापाली समाज यूकेको चौथो अधिवेसन सम्पन्न भएको छ ।
शनिबार लन्डनको प्लमस्टिडमा सम्पन्न अधिवेसनले अर्कराज तिम्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा अर्जुन बस्नेत र दिपेन सिटौला, महासचिवमा प्रकाश खनाल , सहसचिव विवेक मेचे, कोषाध्यक्षमा महेश गिरी र सहकोषाध्यक्षमा मधुर मिश्र लाई चयन गरिएको छ । त्यस्तै, कार्यसमिती सदस्यहरुमा अल्का गुरुङ , विष्णुकुमारी लिम्बू, दिनेश पौड्याल, गणेश बास्तोला, हस्त लिम्बू, इन्द्रहाङ लिम्बू, ओमप्रकाश सेढाई , युवराज सेढाई , सुर्य गुरुङ र नन्दकिशोर न्यौपाने चुनिएका छन ।
समाजको सल्लाहकारमा भने धन गुरुङ, सहदेव गिरी, मिलनचन्द्र गुरुङ , खगेन्द्र पाठक र विज्ञान प्रसाइलाई मनोनित गरिएको छ । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लाई पशुपतिनाथ मन्दिर लन्डनका अध्यक्ष सहदेव गिरीले शपथ ग्रहण गराएका थिए ।
अन्तराष्ट्रीय झापाली समाजका उपाध्यक्ष समेत रहेका एनआरएन यूके उपाध्यक्ष ललित न्यौपानेले प्रमाणपत्र वितरण गरेका थिए भने समाजका सन्स्थापक अध्यक्ष धन गुरुङले खादा ओढाएका थिए ।








