धुर्मुस—सुन्तली फाउन्डेसनद्वारा चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ ।नयाँ बर्षमा नयाँ घर उपहार दिने योजना सहित धुर्मुस—सुन्तली फाउन्डेसनले काम थालनी गरेको छ ।
बस्तीका मंगलबार नै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसँग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनीक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तयार भएको सामुहिक रुपमा प्रतिबद्धता सहित घोषणा गरे ।






