स्व. बोहोराको परिवारलाई पत्रकार महासंघ यूकेद्वारा सहयोग हस्तान्तरण

लन्डन– स्व. पत्रकार कर्ण बोहोराको परिवारको सहयोगका लागि नेपाल पत्रकार महासंघ युके शाखाद्वारा संकलित रकम हस्तान्तरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय सन्चारग्राम सिनामंगलमा आयोजित कार्यक्रममा शाखाका सल्लाहकार भगिरथ योगीले महासंघका अध्यक्ष डा. महेन्द्र विष्टलाई शाखाले संकलन गरेको दुई लाख रूपैयाँ हस्तान्तरण गरे । रकम लिएपछि विष्टले युके शाखाको कार्यको प्रशंसा गर्दै हस्तान्तरण गरिएको सहयोग चाँडै परिवारलाई बुझाउने जानकारी दिए ।

सल्लाहकार योगीले बोहोराको परिवारलाई शाखाका तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै श्रीमती ममता बोहोराको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

नेपालको सुदूरपश्चिमलाई कार्यथलो बनाउँदै पत्रकारिता गरेका ३८ वर्षीय बोहोराको मृगौलापीडित श्रीमतीको कुरूवा बसेको अवस्थामा मंसिर १० गते निधन भएको थियो ।