नेकपा दाहाल-नेपाल समूहद्वारा विहिबार आमहड्ताल घोषणाः के खुल्छन्, के बन्द हुन्छन् ?

काठमाडौँ । संसद् विघटनसँगै आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले भोली विहिबार देशव्यापी आम हडतालको घोषणा गरेको छ ।

बुधबार विहान संवैधानिक आयोगमा ३२ जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै उक्त कदम संविधानविपरित भएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उक्त समूहले स्पष्ट पारेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पम्फा भुसालले पछिल्लो समय बाध्यात्मक परिस्थिती आएको कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नु परेको बताइन् ।

नेता नारायणकाजी श्रेष्ठले सरकार संविधान, कानुन र राजनीतिक संस्कृतिलाई उल्लंघन गर्दै देशमा गुण्डाराज र फासीवाद लाद्न लागिपरेको आरोप लगाए ।

उनले प्रतिगमन तीव्र गतिमा अघि बढेको भन्दै त्यसको निरन्तर प्रतिरोध गरिने पनि बताए । उनले आमहड्ताल गर्नु आफूहरुको बाध्यता रहेको पनि स्पष्ट पारे ।

यसअघिका प्रतिनिधिसभा विघटनविरुद्धजारी तेस्रो चरणका संघर्षका कार्यक्रमलाई परिमार्जित गर्दै आमहड्ताल घोषणा गरिएको प्रचण्ड–माधव समूहले जनाएको छ । यो समूहले असंवैधानिक र गैरकानुनी ढंगले संवैधानिक अंगमा पदाधिकारीहरुलाई सपथ खुवाइएकोमा भर्त्सना पनि गरेको छ ।

त्यस्तै, प्रतिगमनलाई असफल पार्न जुनसुकै कदम चाल्न आवश्यक रहेकाले समूहले सबैलाई सहयोग गर्न आग्रह पनि गरेको छ । आम हड्तालमा बजार, शिक्षण संस्था, यातायातलगायत बन्द रहेपनि अत्यावाश्यक सेवा भने बन्द नगर्ने सो पक्षले जनाएको छ । भोलि अस्पताल, प्रेस, पानी, दूध, एम्बुलेन्स र परीक्षाबाहेक सबै कुरा बन्द गरिने छ।

हेरौँ भोली के गर्न पाइन्छ, के पाइदैन: