तक्दीर अधिकारी
सिड्नी । अबर्नमा बस्दै आइरहेका दिपेन्द क्षेत्रीले अष्ट्रेलियन नेचुरल बडी बिल्डीङ्ग फिडरेशनले आयोजना गरेको नेचुरल बडी बिल्डीङ्ग कम्पिटिशनको उपाधि जितेका छन् ।
एएनबी न्यू साउथ वेल्सको आयोजनामा वेस्ट एचक्यू रुटी हिलमा भएको प्रतिस्पर्धामा उनले तीन डिभिजनमा भाग लिएका थिए । जस अनुसार तीन स्वर्ण जित्दै उनले ओभरअल उपाधि जित्न सफल भएका छन् ।
२५ बर्ष माथि उमेर समूहमा खुला तर्फ सहभागि भएका उनले फिटनेश मोडलको विधामा उपाधि पाएका हुन् । उनको डिभिजनमा करिब ५० जना सहभागि रहेका थिए । उक्त प्रतिस्पर्धामा उनीसँगै अर्का एक नेपाली समेत सहभागि थिए ।
एक बर्षअघि पनि आइसिएन न्यू साउथ वेल्सले आयोजना गरेको प्रदेश स्तरीय च्याम्पियनशिपको उपाधि पनि उनले जितेका थिए । नेपालको रुपन्देही घर भएका क्षेत्रीले अष्ट्रेलियामा फिटनेशको क्षेत्रमा मिहेनत गर्दै आएका छन् ।
सन २०१५ मा अष्ट्रेलिया अध्ययन भिषामा आएका उनले २०१७ सम्म अध्ययन सकेपछि केही समय अन्य कामले व्यस्त रहेका उनले २०१९ देखि नियमित रुपमा जिम जान थालेका थिए ।
दिपेन्द्र फिटनेसमा आफ्नो प्रमुख लक्ष्य र प्राथमिकता रहेको बताउँछन् । पछिल्लो दुई बर्ष देखी नियमित जिम गइरहेका उनले आफूले हप्तामा पाँच दिन काम गर्ने गरेको र बाँकी समयमा पार्ट टाइमको रुपमा जिम जाने गरेको बताए ।

आफूले यस क्षेत्रमा कडा मिहेनत गरिरहेको भन्दै उनले दैनिक रुपमा एकरुपले डाइट लिनेगरेको बताए । एक छाक खाना खाँदा बढी क्यालोरी लिएको खण्डमा अर्काे दिन चेक गर्दा तौलमा फरक आउने भएको कारण पनि दैनिक रुपमा खानामा एकरुपता ल्याउनुपर्ने अवस्था रहन्छ ।
यसअघि करिब तीन महिना अष्ट्रेलियाको सिड्नीमा लकडाउन भएर जिमहल बन्द हुँदा पनि पार्क मा गएर समेत उनले नियमित रुपमा अभ्यास गरिरहेका थिए । हरेक दिन विहान पार्कमा गएर उनले आफूसँग भएका साधनहरुको प्रयोग गरी जिम गर्ने गरेका थिए । लकडाउनका कारण जिमहल बन्द हुनु, त्यसैमाथि घरमा आफूसँग पर्याप्त सामान नहुँदा पनि उनले फिटनेशलाई ख्याल गरिरहे । अवर्न पार्कमा गरेर हरेक दिनको उनको अभ्यासले पनि उनको यसप्रतिको कटिवद्धतालाई स्पष्ट गर्छ ।
उनले यस उपाधिले आफुलाई यस विधामा अझ धेरै हौसला मिलेको बताउँदै आगामी दिनमा यसैमा बढी केन्द्रित भएर अघि बढ्ने बताए ।आजकल मानिसहरुको शरीर फिट नहुने समस्या निकै बढेको विषयमा उनले मानिसहरुले चिल्लो र मसलेदार खानाको सेवन बढी नगर्न सुझाव समेत दिए ।सबैभन्दा ठूलो कुरा स्वस्थ्य भएको कारण पनि जिम गरेर आफ्नो स्वास्थ्यलाई ठीक राख्न समेत उनले आग्रह गरे ।
यो पनि पढ्नुहोसः
दिपेन्द्र क्षेत्रीले अष्ट्रेलियामा जिते नेचुरल बडी बिलडीङ्ग प्रतियोगिताको उपाधि






