प्रचण्ड र देउवाले हिन्दी भाषालाई सरकारी भाषा बनाउन चाहेका छन् : पोखरेल

काठमााडौँ – एमालेलगायत नौ दलले सरकारले ल्याएको संविधान संशोधनको विरोधमा राजधानीमा शक्ति प्रदर्शन गरेको छ । शक्ति प्रदर्शन कार्यक्रममा आफ्नो धारणा राख्दै एमालेका महासविच इश्वर पोखरेलले सरकारले हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने षड्यन्त्र गरेको अरोप लगाए ।

उनले भने,
–हामी देशभक्त हौं

–देशको विरोधमा उभिनेलाई कुनै पनि हालतमा छोड्ने वाला छैनौ

–हाम्रो लडाई संविधानको पक्षमा हो

–यो लडाई संसदमा जारी छ

–देशभक्तहरुको जीत सुनिश्चित छ

–प्रचण्ड र शेरवहादुर देउवाले हिन्दी भाषालाई कामकाजको भाषा बनाउन चाहेका छन्

–अंगिकृतलाई देश प्रमुख पदमा बसाउन चाहन्छ

–हामी त्यो हुन्न दिन्नौ

–संविधान विपरित ल्याएको संशोधन प्रस्ताव संसदमा प्रवेश हुन दिन्नौँ