काठमाडौँ- व्यवस्थापिका–संसदमा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ मा आजदेखि दफावार छलफल सुरु भएको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले ‘नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव संसदबाट सर्वसम्मतले स्वीकृत भएपछि संशोधनमाथिको बहस प्रारम्भ भएको हो ।
छलफलमा भाग लिँदै सांसदहरुले संविधान जारी भएको छोटो समयमै संशोधन हुनु राम्रो नभएपनि तराई मधेसको असन्तुस्टिलाई सम्बोधन गर्न सबै पक्षको सकारात्मक साथ र सहयोगको जरुरी रहेकोमा जोड दिनुभयो ।
छलफलमा भाग लिदै सांसदहरुलेले जनसङ्ख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र कायम गरेर बाँकी रहेका निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई ध्यान दिन आग्रह गर्नुभयो ।






