सभापति देउवाद्वारा दुःख व्यक्त

sherbahadhurकाठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्ला पर्शुराम नगरपालिका–२ निवासी प्रेमसिह थापाको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

विसं २०३६ देखि लोकतान्त्रिक तथा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय थापाको यही साउन ४ गते ५७ वर्षको उमेरमा असामयिक निधन भएको थियो । उहाँले नेका जोगबूढा गाविस समितिको सभापति भएर लामो समय पार्टीमा योगदान दिनुभएको थियो ।

पार्टी सभापति देउवाले आज शोक विज्ञप्ति प्रकाशित गरी स्व थापाको निधनले पार्टीले एक कर्मठ योद्धा गुमाएको बताउनुभएको छ । उहाँले स्व थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना समेत गर्नुभएको छ ।