काटमाडौं- १६ बर्षीय नीमा घर्तीमगरले १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी छन् । उनले उसुको थाउलोअन्तर्गत् छानछ्वजान अलराउन्डमा स्वर्ण जितेकी हुन् । यससँगै नेपालको पदक संख्या १ स्वर्ण ४ रजत र ६ काँस्य भएको छ ।
तेस्रो दिन आइतबार नेपालले दुई रजत र चार कांस्यपदक जितेको थियो । उसुमा दुई रजतपदक हात लाग्यो । पौडीमा गौरिका सिंहले ऐतिहासिक कांस्यपदक दिलाइन् । भारोत्तोलन, कुस्ती र टेबलटेनिसमा पनि पदक प्राप्त भयो ।






