
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सदभावना अध्यक्ष राजेन्द्र महतोलाई कारबाही गरेको छ ।
सोमबार बिहान तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको बैठकले महतोलाई कारबाही गर्दै आत्मालोचना गर्न निर्देशन दिएको सहभागी एक नेताले जानकारी दिए ।
एकतर्फीरुपमा वीरगन्ज नाका खोलेर आफूले जस लिने प्रयास गरेको भन्दै महतोलाई कारबाही गरिएको स्रोतले जानकारी दिएको छ । महतोसँगको असमझदारीले नाकाबन्दी खुलाउने औपचारिक निर्णय गर्न बस्ने भनिएको मधेसी मोर्चा बैठक अझै बस्न सकेको थिएन ।
असोज ५ देखि ७ सम्म राजविराजमा बैठक गरी नाकाबन्दीको औपचारिक घोषणा गरेको मधेसी मोर्चा नाका खुला भएको घोषणा गर्न भने हच्किएको हो ।






