काठमाडौं- पश्चिम नेपाल हुँदै प्रवेश भएको वायुको प्रभावका कारण सोमबार बिहान उपत्यकासहित देशभर वर्षा भएको छ ।
आइतबार मध्यान्हसम्म पश्चिम नेपालमा मात्रै वर्षा भएकामा रातिदेखि काठमाडौंसहित मध्यका विभिन्न स्थान र पूर्वी नेपालसम्मै वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार काठमाडौंसहितको मध्य भागमा भने बेलुकीबाट नै सुधार आउनेछ । पूर्वमा भने मंगलबारदेखिमात्रै मौसम सुधार आउने उनको भनाइ छ ।
यो वर्षको हिउँदमा धेरै वर्षा भएको यो पहिलो हो । महाशाखाका अनुसार सबैभन्दा बढी डडेलधुरामा २५ मिमि वर्षा भएको छ ।






