गुल्मी । नेपाली काँग्रेसको आसन्न १३ औं महाधिवेशनका लागि जिल्लास्तरबाट प्रतिनिधि छनौट भइरहेका बेला गुल्मीका तीनवटै क्षेत्रमा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ ।
शनिबार सम्पन्न निर्वाचनमा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नम्बर एकबाट पारिश्वर ढकाल, दुईबाट अशोक कुमार थापा र तीनबाट भगतसिंह खड्का निर्वाचित भएका छन् । जिल्लाको क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फवाट बेद मगर, दोर्ण बहादुर खत्री, डा.कृष्ण बहादुर छन्त्याल, हिरामणी अर्याल, जगदिश भट्टराई र ज्ञानहरी सापकोटा निर्वाचित भएका छन् ।
त्यस्तै महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित हुनेहरुमा महिला तर्फवाट शुवर्ण ज्वारचन र मिना कुमारी राना, जनजातीवाट मन वहादुर राहडी, दलितवाट टुकवहादुर सार्की र अल्पसंख्यकवाट भानुभक्त सुवेदी रहेका छन् । त्यसैगरी क्षेत्र नम्वर २ मा खुल्ला तर्फवाट महाधिबेशन प्रतिनिधिकालागि भुवन प्रसाद श्रेष्ठ, चन्द्र केसी, शालीक पन्थी, भरत वस्नेत, मोहन ज्ञवाली र विष्णु बलाल निर्वाचित भएका छन् । महिला तर्फवाट धना भण्डारी र विष्णु कुमारी सापकोटा, जनजातीवाट श्रीप्रसाद भलामी, दलितवाट ईश्वर परियार र अल्पसंख्यकवाट रुद्रबहादुर भुजेल निर्वाचित भएका छन् ।
क्षेत्र नम्वर ३ मा खुल्ला तर्फवाट निर्वाचित हुनेहरुमा छन्द पहराई, त्रैलोक्य प्रताप सेन, प्रेमनारायण भण्डारी, महेन्द्र प्रसाद भण्डारी, रुद्रमणी भण्डारी र दामोदर भुसाल रहेका छन् । महिला तर्फवाट सिता अर्याल र पार्वता कुँवर, जनजातीवाट ईन्द्र बहादुर घर्ति, दलितवाट कृष्ण बहादुर नेपाली र अल्पसंख्यकवाट भीमप्रसाद पोख्रेल निर्वाचित भएका छन् ।
जिल्लाका ३ वटै क्षेत्रहरुमा खुल्लातर्फवाट महाधिवेशन प्रतिनिधिका लागि निकै प्रतिस्पर्धा भएको थियो । प्रतिस्पर्धावाट केही पुराना नेताहरुदेखि केही प्रभावशाली विद्यार्थी नेताहरु समेत बाहिरिएका छन् । किरियापुत्रीले पनि महधिवेशन प्रतिनिधि चुनाव जिते महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा बावुको किरियाकर्ममा रहेका १ व्यक्तिले पनि चुवान जितेका छन् ।
क्षेत्र नम्वर १ मा खुल्लातर्फवाट महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका जगदिश भट्टराई महाधिवेश प्रतिनिधिमा निर्वाचित बनेका हुन् । उनी आफ्ना वावुको देहावसान भएको नौं दिनमा किरिया बसिरहेको अवस्थामा मतदान स्थलमै पुगेर चुनावमा भाग लिएका थिए । उनले खुल्लातर्फवाट सम्मानजनक मत प्राप्त गरेका छन् ।







