सांगीतिक कार्यक्रमका लागि डेनमार्क आए कलाकार

kalakar

डेनमार्क- नेपाली समाज डेनमार्कको आयोजनामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन कलाकारहरु यहाँ आइपुगेका छन् ।

कार्यक्रममा सहभागी हुन कलाकारहरु मेघ लामा, रेश्मा सुनुवार, भरत सिटौलालगायत आइसकेको कार्यक्रम संयोजक माया सुवेदीले जानकारी दिइन् ।

समाजका अध्यक्ष ईन्द्र सापकोटाका अनुसार चर्चित कलाकारहरुबाट डेनमार्कमा फेब्रुअरी २० मा, बार्सिलोनामा फेब्रुअरी १४ मा, पोर्चुगलमा फेब्रुअरी १७ मा कार्यक्रम आयोजना हुनेछ । यसैगरि बेल्जियम, पोल्याण्ड र जर्मनीमा पनि सांगीतिक कार्यक्रम हुनेछ ।

नेपाली समाज डेनमार्कले यसअघि सिन्धुपाल्चोकमा विद्यालय निर्माण अभियान सुरु गरेको थियो । विद्यालय निर्माणका लागि १३ लाखसम्म खर्च लाग्ने अनुमान गरिएको छ । निर्माणको काम चैतदेखि सुरु हुने समाजका अध्यक्ष ईन्द्र सापकोटाले जानकारी दिए ।