काठमाडौँ । चर्चित कलाकार राजन कार्की र समिक्षा अधिकारीको स्वरमा बनको खयर नाम लोक दोहोेरी गीत बजारमा सार्वजनिक भएकोे छ ।
पछिल्लो समय निकै भाइरल भएका बालक सचिन परियार र बालिका अग्रता कार्की सहित उक्त गीतको पर्दामा राजन कार्की, सविक्षा हमाल, सबि हमाल र सुबि हमालकोे अभिनय रहेको छ ।
नेपाली लोक संस्कृति झल्काउने गरी युवा युवतीको प्रेमकहानी बोकेको उक्त गीत सबिसुबी इन्टरटेनमेन्टमार्फत बजारमा सार्वजनिक गरिएको होे ।
सुन्दर हमालकोे शब्द, राजन कार्कीको संगीत, तारानाथ आचार्यले अरेन्ज गरेको उक्त गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको होे ।
खडक बराजुलीले मिक्स गरेको सो गीतको रेकर्ड गोविन्द पराजुली र भरत सुनारले गरेका छन् ।
प्रकाश भट्टले निर्देशन गरेको भिडियोको छायांकन नबराज उप्रेती, एडिट विष्णु शर्माले गरेका हुन् ।
हेरौँ भिडियो ।






