सामाजिक अभियन्ता मोहन कार्कीद्वारा एनआरएनए यूकेको उपाध्यक्ष (स्कटल्याण्ड) मा उम्मेदवारी

स्कटल्याण्ड । स्कटल्याण्डका सामाजिक अभियन्ता एनआरएनए स्कटल्याण्ड राज्य समितिका अध्यक्ष मोहन कार्कीले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष (स्कटल्याण्ड) मा उम्मेदवारी दिनु भएको छ।

स्कटल्याण्डमा नेपालीहरुलाई समस्या पर्दा जहिले पनि हरपल सहयोग गर्ने समाजसेवी कार्कीले एनआरएनए स्कटल्याण्ड राज्य समितिको संस्थापक अध्यक्षको रुपमा स्कटल्याण्डमा एनआरएनए सदस्यता विस्तार सफलतापुर्वक गर्नु भएको छ। विगत १३ बर्षदेखि स्कटल्याण्डमा बस्दै आउनु भएका कार्की २०१०-२०१४ सम्म दुई कार्यकाल ग्लासगो नेपाली एसोसिएसन को अध्यक्षको रुपमा रहनु भएको थियो। कार्कीकै अगुवाइमा ग्लासगो नेपाली एसोसिएसन च्यारिटीमा दर्ता भएको थियो र संस्थागत रुपमा कार्य बलियो भएको थियो। हाल फोर्थ भ्याली नेपाली एसोसिएसनको अध्यक्ष समेत रहनु भएका कार्कीको स्कटिस सरकार, स्थानीय काउन्सिलसंग निकै राम्रो सम्बन्ध रहेको छ। स्कटल्याण्डमा रहेका नेपाली समुदाय लगायत आप्रबासी समुदायको हक हितको लागि स्कटिस सरकारको नीति निर्माताहरुसंग समन्वय समेत गर्दै आउनु भएको छ।

“एनआरएनए स्कटल्याण्ड राज्य समितिका अध्यक्षको रुपमा मैलै स्कटल्याण्डमा सदस्यता विस्तार गरे, गैर आवासीय नेपालीहरुको समस्या बुझ्ने मौका पाए। नेपाली हरुको दोहोरो नागरिकताको पक्षमा, नेपालमा रहेको सम्पत्ति र लगानीको सुनिश्चिताको अभियानलाई ससक्त बनाउन मैले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष (स्कटल्याण्ड) मा उम्मेदवारी दिएको छु”- कार्कीले बताउनु भयो। “मेरो अनुभव र कार्यक्षमता नै मेरो विजयको आधार हो। स्कटल्याण्डका नेपाली समुदायको अनुरोधमा मैले एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष (स्कटल्याण्ड) मा उम्मेदवारी दिएको हुँ ” कार्कीले भन्नु भयो।

स्कटल्याण्डमा सफल ब्यबसायी समेत रहनु भएका कार्की सोलिसिटर फर्महरु मार्फत नेपाली हरुको भिसा, वोर्क परमिट, सेटलमेन्ट लगायतका समस्याहरुमा सहयोग समेत गर्दै आउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *