संसारभरी बाट पर्वत जिल्ला बासिहरु-अधिवेशन गर्न घर फर्कदै

लन्डन । जननी जन्मभुमीस्च स्वोर्गादपि गरियसी ’ आफु जन्मेको ठाउँ स्वोर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने अभिब्याक्तीलाई आत्मासात गर्दै अन्तरास्ट्रिय पर्बत समाजले बिस्वभरी छरिएर रहेका पर्बतेहरुलाई एउटै छानामुनी समेट्दै समाजको दोस्रो अधिवेशन अक्टुबर १० का दिन असोज २३ गते पर्वतको हुवासमा गर्ने भएको छ ।

पर्वत जिल्ला सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले ‘पर्वत’ अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । धार्मिक प्रमाणको आधारमा यस जिल्लालाई जगतमाता पार्वतीको जन्मस्थान मानिएको छ।
सिमाना: पूर्वमा कास्की र स्याङ्जा, पश्चिममा बागलुङ र म्याग्दी, उत्तरमा म्याग्दी र दक्षिणमा स्याङ्जा, र गुल्मी जिल्ला पर्दछ । राजनीतिक विभाजनका आधारमा पर्वत जिल्लामा विगतका ५५ गा.वि.स सहित समायोजन गरि २ नगरपालिका र ५ गाउँपालिका छन्।

जिल्लाको विकास र समृद्धिका लागि प्रवासीद्वारा गठन गरिएकोे समाजले पैयु गाउँपालिका–४ हुवासमा बृहत भेला तथा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनलाई सफल र भव्य बनाउन संयोजकसमेत तोकिसकेको छ । समाजले नेपाल प्रतिनिधि मुना भुषाललाई व्यवस्थापन संयोजकको जिम्मा दिएको छ । संयोजकले स्थानीय निकाय र अन्तर्राष्ट्रिय समितिसँग समन्वय गरी समितिको पूर्णताका लागि अर्को बैठकमा प्रस्ताव गर्ने छन् । आवश्यक पर्ने विभिन्न उपसमितिको नाम उक्त बैठकमा पेश गर्न सचिव मणी भुर्तेललाई जिम्मा दिइएको छ ।

अर्को बैठकले विभिन्न उपसमिति निर्माण गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय पर्वत समाजका सह -कोषाध्यक्ष बिनोद पूरीले जानकारी दिए । जिल्लाको सुदुरदक्षिण मानिने पैयुको विकासमा अन्तर्राष्ट्रिय पर्वत समाजले चोसो देखाउँदै आएको छ । भौगोलिक बनावटले पछि परेको पैयु गाउँपालिकामा अन्तर्राष्ट्रिय पर्वत समाजले प्रसुतिगृह निर्माण गर्दैछ ।

दुबईमा सम्पन्न भेलामा पैयु गाउँपालिका प्रमुख खगेन्द्रप्रसाद तिवारीले भेलालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय पर्वत समाजको दोस्रो अधिवेशन पैयुमा राख्न आग्रह गरेका थिए । उनले अन्तर्राष्ट्रिय पर्वत समाजले पैयुको विकासमा चासो राखेको बताउँदै अधिवेशन सम्पन्न गराउने जिम्मा आफूले लिने उदघोष गरे । संसारभरि छरिएर रहेका पर्वते दाजुभाइ तथा दिदी–बहिनीलाई स्वागत गर्न तयार रहेको अध्यक्ष तिवारीले बताए । प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल सेतीवेणी, पैयुकोटको प्रचारप्रसार तथा प्रवद्र्धनमा टेवा पुयाउने उद्देश्यले त्यस क्षेत्रमा कार्यक्रम आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले बताए ।

अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी र सह -कोषाध्यक्ष बिनोद पूरी

अधिवेशनमा अन्तर्राष्ट्रिय पर्वत समाजमासँग आवद्ध संसारभर छरिएका पर्वतेको उपस्थिति रहने बताइएको छ । पैयुको विकाससँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पैयु गाउँपालिका अन्तर्राष्ट्रिय पर्वत समाजले बृहत भेला तथा अधिवेशन गर्न लागेको महासचिव शर्माले बताए । पैयुसँगै पर्वतको विकास र समृद्धिमा टेवा पु¥याउने उद्देश्यले भेला आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जानकारी दिए । पैयुबाट समाजले कुन–कुन क्षेत्रमा लगनी गर्ने र संस्थाका भावी आयोजनासमेत तय हुने उनले जानकारी दिए। कार्यक्रमलाई सफल बनाउन संस्थाले गृहकार्य थालेको अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले बताउनु भयो ।

कार्यक्रममा सहभागिताको लागि अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी तथा सह -कोषाध्यक्ष बिनोद पूरीले विश्व भरि रहेकाअन्तर्राष्ट्रिय पर्वत समाजमासँग आवद्ध दाजूभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिका लागि आव्हान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *