पार्टी अध्यक्ष र महासचिव बाहेक जनजागरण पार्टीका सबै नयाँ शक्तिमा

naya shaktiकाठमाडौं- संविधानसभामा प्रतिनिधित्व रहेको जनजागरण पार्टी नेपालका अधिकांश नेता तथा कार्यकर्ताहरु नयाँ शक्तिमा प्रवेश गरेका छन ।

बिहीबार पत्रकार सम्मेलनमा संविधान निर्माणपछि मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएकोले आर्थिक विकास र समृद्धिको नीति लिएर उदाएको नयाँ शक्ति अभियानबाट मुलुकलाई अगाडि बढाउन सक्ने निष्कर्स सहित आफूहरुले प्रवेश गर्ने निर्णय गरिएको जानकारी दिईयो ।

सो पार्टीका संसद लोकमणि ढकाल, अध्यक्ष र महासचिव बाहेक सबै नयाँ शक्तिमा गएका छन् । पत्रकार सम्मेलनमा महासचिवसँग छलफल भइरहेको, अध्यक्ष अन्यौलमा रहेको जानकारी दिइयो ।

नयाँ शक्तिमा प्रवेश गर्नेहरुमा उपाध्यक्ष गणेश केसी, सचिव रामप्रसाद न्यौपाने, कोषाध्यक्ष सीता श्रेष्ठ, केन्द्रीय सदस्यहरु परशुराम गिरी, शिबहरी भट्टराई, भारत खतिवडा, जगत हमाल, निर्वतमान कोषाध्यक्ष राजु पाण्डे, कपिलबस्तु, जुम्ला, नुवाकोट जिल्ला कार्य समिति सहित ६९ जना रहेका छन् ।