नेकपाको स्थायी समिति बैठक भोलि बस्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक भोलि बस्ने भएको छ ।

शनिबार दिउँसो तीन बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।

त्यसअघि २ बजे पार्टीको सचिवालय बस्नेछ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल हुनेछ ।

त्यस्तै, दुई पार्टीबीच एकतापछि जनवर्गीय संगठनहरुको एकताको बारेमा छलफल हुने बताइएको छ ।