शनिबारदेखि भारतको अघोषित नाकाबन्दी हट्ने प्रधानमन्त्रीको दाबी

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि भारतको अघोषित नाकाबन्दी हट्ने बताएका छन् । एमाले सम्बद्ध अनेरास्ववियुका प्रतिनिधिमण्डलसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।

‘शनिबारबाट नाकाबन्दी खुल्छ भन्ने मेरो विश्वास छ । परिस्थिति राम्रो नभए म भारत भ्रमणमा जान्नँ,’ भेटका क्रममा प्रधानमन्त्रीले व्यक्त गरेको भनाइ उद्धृत गर्दै एमाले सभासद् रवीन्द्र अधिकारीले भने ।

प्रधानमन्त्री ओलीले यसअघि पनि मिति तोकेर नाकाबन्दी खुल्ने बताएका थिए । तर उनले आफ्नो भारत भ्रमणको पूर्वसर्तजस्तै गरी नाकाबन्दी हटनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल भारत भ्रमणमा जाँदैछन् ।