लण्डन । भारतले गरेको नाकाबन्दीका कारण अत्यावश्यक औषधि अभाव हुँदा मानवीय संकट उत्पन्न भएको जनाउँदै बेलायतका नेपाली चिकित्सकहरुको संगठन ‘दि नेपलिज डक्टर्स एसोसिएसन’ (एनडिए) यूकेले नाकाबन्दी खुलाउन अन्तर्राष्ट्रिय समुदायसंग अपिल गरेको छ ।
सरकारले सलाइन, मुटु उपचारमा चाहिने लगायतका औषधि हाहाकार हुँदासमेत सरकारले वैकल्पिक व्यवस्था गर्न नसक्दा र अवरोधकर्ता निकाय संवेदनशील नहु”दा मानवीय संकट हुनुका साथै नेपालमा इन्धन, खाद्यान्न र औषधि अभावले विकराल अवस्था आएको उल्लेख गर्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
संगठनले अत्यावश्यक औषधिको सूचीसहित सहयोग गर्न र कुनै पनि बहानामा औषधि र स्वास्थ्य उपकरण नरोक्नलाई यूनिसेफ, अन्तर्राष्ट्रिय रेडक्रस र विश्व स्वास्थ्य संगठन (हु) लाई सहयोग गर्न पनि आग्रह गरेको छ । संगठनले औषधि अभावका कारण बिरामीको ज्यानै जाने अवस्था आएको र वालवालिकालाई खोप कार्यक्रम सञ्चालन गर्न नसकिएकोमा समेत एसोसिएसनले चिन्ता व्यक्त गरेको छ ।







