वाशिंगटन डिसी । अमेरिकामा रहेका नेपालीहरूले भारतले गरेको नाकाबन्दीविरुद्ध वाशिंगटन डिसीस्थित संयुक्त राष्ट्रसंघको भवन अगाडी कलाकार देखि एनआरएन सम्म सबैले विरोध प्रदर्शन गरेका छन ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै अमेरिकामा बस्दै आएका नेपालीहरुले प्रदर्शन गरेका हुन् । नेपालीहरुले राष्ट्रसंघको भवन अगाडी भारतविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा तीन सयभन्दा बढी नेपाली सहभागी भएका छन् ।प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए । अमेरिकामा नेपालीहरुको यो अहिलेसम्मकै ठूलो प्रदर्शनमा मानिएको छ ।
विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा नोभेम्बर १७ तारिखमा राष्ट्रसंघको भवन अगाडी विरोध कार्यक्रममा अमेरिकामा रहेका संघ संस्थाका पदाधिकारी, ब्यवसायी, बुद्धिजीवी,कलाकार ,विद्यार्थी लगायत सबैले ब्यापक प्रदर्शन गरेका थिए ।







