लण्डनमा दोहोरी सांझ हुंदै

kulendraramila

लण्डन ।

लण्डनको वीलवीचमा लोकप्रिय गायक कुलेन्द्र विक र गायिका रमिला न्यौपानेले आगामी आइतबार स्थानीय लोटस क्लब (१६ बरेज रोड) मा दोहोरी प्रस्तुत गर्ने भएका छन ।

सांझ ५ देखि १० बजेसम्म दिपावली लोक संस्कृति सांझ हुन लागेको हो । सो कार्यक्रममा डिजेको आकर्षण पनि रहने आयोजक प्रकाश कण्डेलले बताए ।कार्यक्रममा सहभागिताका लागि १० पाउण्डको टिकट लाग्नेछ ।