काठमाडौं- झण्डै १०० दिन लामो मधेस आन्दोलन टुंग्याउन सरकार, विपक्षी दल र आन्दोलनरत दलहरुबीच निर्णायक वार्ताको तयारी सुरु भएको छ ।
सरकार-मधेसी मोर्चा र विपक्षी कांग्रेसबीच ‘निर्णायक वार्ता’को तयारी भएको हो । आइतबारको शीर्ष नेतास्तरीय वार्ताले ठोस गति नलिएपछि पुनः बुधबार वार्ताको तयारी भएको हो ।
निर्णायक वार्ताको तयारीबारे एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दल कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, आन्दोलनकारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर र तमसपा अध्यक्ष महेन्द्र राय यादवलाई छुट्टाछुट्टै भेटेका छन् ।
सत्ता-विपक्षी-आन्दोलनकारीसँगको अनौपचारिक कुराकानीपछि दाहालले बुधबार अपराह्न चार बजेका लागि ‘निर्णायक वार्ता’ बोलाएका छन् । उच्च स्रोतका अनुसार अबको वार्ताले सीमांकन हेरफेर टुंग्याउने, त्यसका लागि संविधान जारीकर्ता तीन ठूला दल र आन्दोलनकारी मोर्चा दुवै पक्षले लचकता देखाउने जनाइएको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग सोमबार ललितपुरको गोप्य स्थानमा भेटेका दाहालले सीमांकनसम्बन्धी सहमति खोज्नेगरी नयाँ मिलनविन्दू अघि सारेका थिए । दाहाल प्रस्तावअनुसार, हालको प्रदेश नं २ अन्तर्गत सप्तरीदेखि पर्सालाई कायम राख्ने, नवलपरासीदेखि बर्दियासम्मका थारु बहुल बस्ती छुट्याएर बाकीलाई पहाडसग मिलाउने, झापा र कञ्चनपुरलाई विवादित जिल्ला घोषणा गरी दाहाल नेतृत्वकै राजनीतिक समितिमार्फत् टुंग्याउने, मोरङ र सुनसरीको जिल्ला सीमा परिवर्तन गरी पहाडी बहुल क्षेत्रलाई पहाडमा, मधेसी बहुल क्षेत्रलाई मधेसमा मिलाउने उल्लेख छ ।
दाहालको प्रस्तावमा आन्दोलनरत तमलोपा र तमसपा सकारात्मक छन् तर संघीय समाजवादी फोरम र सदभावना पार्टी अझै अडानमै छन् । उनीहरुले दुई प्रदेशको अडान छाड्न नसकिने बताएका छन् ।







![;/sf/ / df]rf{aLr jftf{ t/fO{ dw]z nf]stflGqs kf6L{sf] s]Gb|Lo sfof{nodf cfGbf]n/t ;+o'Qm nf]stflGqs dw]zL df]rf{ / ;/sf/L jftf{ 6f]nLaLr jftf{ x'Fb} . tl:a/M /f]zg ;fksf]6f,/f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2015/11/barta.jpg)