सिड्नी । अष्ट्रेलियाको, सिड्नीमा चलचित्र ‘बाँध मायाले’ को प्रिमियरले अस्ट्रेलियावासी नेपालीहरुको मन जित्न सफल भएको छ ।
१८ तारिकमा इभेन्ट सिनेमा वरउड र १९ तारिक इभेन्ट सिनेमा हर्सेभिलमा फिल्मको प्रिमियर शो गरिएको थियो । शोमा नायक आर्यन अधिकारी सहभागी भएका थिए । आर्यनसंगै बसेर दर्सकले फिल्म हेरेका थिए । फिल्मका सह-निर्माता महेन्द्र अधिकारीले शोको व्यवस्था मिलाएका हुन् ।
अष्ट्रेलियामा चलचित्र बाबा एजुकेसन कन्सल्टेन्सी र द गिल्डफोर्ड एस्प्रेसो क्याफेले प्रदर्शन गराएको हो र आर के एस भने अष्ट्रेलिया मार्केटिंग पाटनर रहेको छ । चलचित्र हेरेर निस्केका दर्शक ले चलचित्र लाई निकै नै राम्रो प्रतिक्रिया दिएका छन् ।
अष्ट्रेलियावासीहरुको मन जित्न निकै सफल रहेको र दर्शकहरुको प्रतिक्रिया बाट निकै नै हर्सित देखिएका बाबा एजुकेशन कन्सल्टेन्सीका मार्केटिंग अफिसर अमृत शर्माले चलचित्रका लागि शो हरु अपुग भएको महशुस भएको भन्दै अझै शो हरुको व्यवस्थापन मिलाउने प्रतिक्रिया हामी संग दिएका छन् ।
अगष्ट २८ मा अमेरिकामा पनि शो आयोजना हुनेछ । रामहरी धिताल र विभेषिका श्रेष्ठको निर्माण रहेको फिल्म ‘बाँध मायाले’ मा महेन्द्र अधिकारी र केदार धितालको सह-निर्माण रहेको छ । काईट्स ईन्टरटेनमेन्टको प्रस्तुती रहेको बाँध मायालेमा नायक आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठले पहिलो पटक स्क्रिन सेयर गरेका छन् ।
आर्यन र सृष्टिसँगै फिल्ममा राजाराम पौडेल, विशाल चाम्लिङ र रविन होड सेनको अभिनय छ । किशोर खड्काले बाँध मायाले मार्फत नायकको रुपमा डेव्यु गर्दैछन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । लभ स्टोरी फिल्मलाई सविर श्रेष्ठले लेखन, निर्माण तथा निर्देशन गरेका हुन ।









