लेखा समिति फेरि माओवादीलाई, राप्रपाले एमालेलाई भोट हाल्यो

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिको नेतृत्व पुनः माओवादी केन्द्रले पाएको छ । सोमबार भएको निर्वाचनमा माओवादी सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका हुन् ।
यसअघि पनि माओवादीले नै लेखा समिति पाएकोमा समितिका सभापति जनार्दन शर्मा ऊर्जामन्त्री बनेपछि सो स्थान रिक्त हुँदै आएको थियो ।
लेखा समिति विपक्षी दलले पाउने विश्वव्यापी प्रचलन भएपनि एमालेले गुमाउन पुगेको छ । निर्वाचनमा एमालेलाई राप्रपाले सघाउँदा सत्तारुढ दल कांग्रेसका सांसदले भने माओवादी उम्मेद्वारलाई भोट हाले ।

मत परिणामअनुसार विजयी उपाध्यायले २३ मत पाएभने एमालेका उम्मेदवार पशुपति चौलागाईंले १६ मत पाए । कपिलवस्तुका उपाध्याय माओवादीका समानुपातिक सांसद हुन् ।