मिलन छन्त्याल,
डब्लिन । आयरल्याण्डको राजधानी डब्लिन मा हालै सम्पन्न भएको नेपाल आयरल्याण्ड जनजाती संघको एतिहासिक दोश्रो महादिबेशनले नया २५ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ । नया कार्य समितिमा क्रमश: अध्यक्ष – श्री मेख गुरुङ, उपाध्यक्ष- श्री ज्ञान सिंग पुन मगर, महिला उपाध्यक्ष – श्रीमती सिर्जना गोले, महासचिब – श्री मिलन छन्त्याल, कोषाध्यक्ष – श्री बिज्ञान गुरुङ, सांस्कृतिक सचिब- श्रीमती दिक्क्षा गुरुङ, सचिब – सुश्री सुनिता लामा, संस्कृतिक सहसचिब – पुस्कर बम्जन, क्षेत्रीय प्रतिनिधि – सुमन गुरुङ, क्षेत्रीय प्रतिनिधि – बुद्द लामा, सदस्यहरु – उज्वोल ह्योम्बा, खेम गुरुङ, गोबिन्द छन्त्याल, प्रकाश दोंग, दावा शेर्पा, दिपा खालिंग राई, रेशम गुरुङ, प्रकाश बम्जन, गणेश गुरुङ, दोर्जे शेर्पा, जयन्द्र राना मगर, हुम राना मगर रहनु भएको छ ।
सल्लाहकारमा संस्थापक अध्यक्ष याम छन्त्याल, निबर्तमान अध्यक्ष चन्द्र बम्जन, प्रेम घले र दलाराम तामांग रहनु भएको छ ।
अधिबेशनमा एनआरएनए आयरल्याण्डका भू.पु. अध्यक्ष र हाल आयरल्याण्डका लागि पर्यटन दुत श्री गणेश प्रसाई ज्यु र एनआरएनए आयरल्याण्डका वर्तमान अध्यक्ष श्री नबराज कोइराला ज्युको समेत उपस्थित थियो । प्रसाई र कोइराला द्वयले कार्यक्रम मा नेपाल आयरल्याण्ड जनजाती संघ संग हिजोका दिनहरुमा जस्तै आउने दिनहरुमा पनि कुनै पनि तौरतरिकाबाट हातेमालो गरेर अघि बढ्ने मन्तब्य राख्नु भएको थियो । विदेशमा रहे पनि आफ्नो भाषा, भेष भुषा, संस्कार र पहिचान भुल्नु हुदैन र सम्पूर्ण जनजातिहरु दुख सुखमा एक हुनु पर्छ भन्ने उदेश्यको साथ् स्थापना भएको यस संस्थाका सस्थापक अध्यक्ष श्री याम छन्त्याल ज्यु ले स्थापना कालमा निकै अप्ठेरो आइपरेको र जातिवादी जस्ता गलत आरोप खेप्नु परेको, र आज त्यस्तो अवस्था नरहेको उल्लेख गर्नु भएको थियो ।
निबर्तमान अध्यक्ष चन्द्र बम्जन ज्युले उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत तथा धन्यवाद ब्यक्त गर्नु भएको थियो भने उज्वोल ह्योम्बा ज्युले संस्थाको उदेस्य बारे प्रकाश पर्नु भएको थियो । यस भन्दा अगाडी पनि २ पटक महासचिब पद सम्हाली सक्नु भएका मिलन् छन्त्याल ज्यु ले आफ्नो कार्यकालको कार्य प्रगति विवरण प्रस्तुत गर्दै यस नया समितले नया आयाम थप्नको लागि स्पस्ट रुपमा ठोस भाबी कार्य योजना तय गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो. आर्थिक प्रतिबेदन पूर्व कोषाध्यक्ष प्रकाश बोम्जन ज्यु ले गर्नु भएको थियो. कार्यक्रम मा खेम गुरुङ, सुमन गुरुङ र बुद्द लामा लगाएतका साथीहरुले मन्तब्य राख्नु भएको थियो । नबनिर्बाचित अध्यक्ष श्री मेख गुरुङ ज्युले संस्थालाई नया उचाइमा लानको लागि जस्तो सुकै चुनौती हरुको पनि सामना गर्न तयार रहेको र यहाँ रहेको सबै संस्था हरु संग मिलेर अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो. कर्यक्रम सदाझै यो पालि पनि पूर्ण रुपमा ज्ञान सिङ पुन मगर ज्यु ले संचालन गर्नु भएको थियो । वहाको योगदान प्रति संस्था सदैब आभार प्रकट गर्न चाहन्छ. यस अधिवेशनमा मा महिला तथा युवा पुस्ताको उल्लेखनीय उपस्थिति रहेको थियो र यसले संस्थालाई निकै हौसला प्रदान गरेको कुरा सहभागी बताउछन ।






