बेलायतका नेपाली सेफहरुको नेता चुनिए पर्वतका आचार्य:

शिब भण्डारी

लण्डन । बेलायतका नेपाली सेफहरुको संगठन (नेप्लिज सेफ एशोसिएसन ) अध्यक्षमा दधि आचार्य निर्वाचित भएका छन् ।  सोमबार लण्डनको ईष्टकोटस्थित भेन्यू फाइभ रेष्टुरेन्टमा सम्पन्न संस्थाको दोस्रो अधिवेसनले आचार्यलाई अध्यक्ष निर्वाचित गरेको हो ।बेलायतमा विगत २ दशकदेखि  रेष्टुरेन्ट व्यवसायमा संलग्न रहंदै आएका नवनिर्वाचित अध्यक्ष आचार्य पर्वत वेलफेयर सोसाइटी यूकेका पूर्व अध्यक्ष समेत हुन् ।

नवनिर्वाचित अध्यक्ष दधि आचार्य
यसै गरि नयाँ  कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र मोहनलाल ओली , महासचिवमा भुपेन्द्र पाठक, सचिवमा विनोद बराल, कोषाध्यक्षमा रामचन्द्र सुवेदी र सहकोषाध्यक्षमा धर्मागत चापागाईं छन् । त्यस्तै, सदस्यहरुमा ठाकुरप्रसाद तिमल्सेना, केबि गुरुङ, रामप्रसाद सापकोटा, राजु बोहोरा, शिव कँडेल, बिक्की सापकोटा, दुर्गा गुरुङ, टिकाराम निउरे, मनिष खड्का, टिकाराम कंडेल, देविलाल निउरे, प्रकाश गुरुङ, लालचन्द्र सापकोटा, राजु खत्री, भोजराज भण्डारी र पारस सापकोटा निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिको घोषणासभामा शुभकामना दिंदै प्रमुख अतिथि राजदूत डा दुर्गाबहादुर सुवेदीले खानामार्फत नेपाललाई संसारभर चिनाउने कार्य गरिरहेका सबै सेफहरु देशका सच्चा राजदूत रहेको धारणा व्यक्त गरे ।
एशोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई दूतावासको तर्फबाट साथ र सहयोग रहने विश्वास दिलाउंदै राजदूत डा सुवेदीले संस्थामा लण्डनबाहिरका विभन्नि क्षेत्रमा कार्यरत रहेका र महिला सेफहरुको समेत सहभागिता गराउन सुझाव दिएका थिए । एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीहरुको पहिलो पुस्तालाई विदेशमा स्थापित गराउन रेष्टुरेन्ट तथा क्याटरिङ क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको बताए ।

एशोसिएसनका संस्थापक तथा निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेनाले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न गतिविधिहरुबारे जानकारी गराउंदै पूरा हुन नसकेका कार्यहरुलाई आउँदो नेतृत्वले अघि बढाउने आशा व्यक्त गरे । 

एनआरएन आइसिसी सहकोषाध्यक्ष सोम सापकोटा, एनआरएन यूके अध्यक्ष योगकुमार फगामी र पूर्व अध्यक्ष सुर्य गुरुङ,एनआरएन आइसिसी सदस्य रामशरण सिम्खडा सहितका अतिथिले बेलायतमा नेपाली खानालाई चिनाउने र प्रबद्र्धन गर्ने कार्यमा एशोसिएसनको नयाँ नेतृत्वले पहल गर्ने विश्वास व्यक्त गरे ।
 एशोसिएसन महासचिवमा भुपेन्द्र पाठकले संचालन गरेको कार्यक्रममा व्यवसायी कमल भण्डारी, दयानिधि सापकोटा, रणबहादुर केसी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, नेप्लिज क्याटरिङ एशोसिएसन यूके अध्यक्ष विजय थापा, वरिष्ठ सेफ तथा समाजसेवी ध्रुव केसी, प्रवासी नपाली मञ्च यूके अध्यक्ष राजेन्द्र पुडासैनी, शान्ति नेपाली समाज बर्मिङहमका अध्यक्ष लिलाबहादुर थापा, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष श्याम लुईंटेल लगायतले पनि नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण तिमल्सेनाको अध्यक्षतामा सम्पन्न संस्थाको दोस्रो अधिवेसनमा लण्डनसहित आसपास र मिडल्याण्ड तथा नर्दन आयरल्याण्डबाट समेत नेपाली सेफहरु सहभागी बनेका थिए । त्यसअवसरमा बेलायतमा लामो समयदेखि कार्यरत रहंदै आएका नेपाली सेफहरु बद्री जैसी, राम डैगोल, हेम सापकोटा र हरि सापकोटालाई एशोसिएसनको तर्फबाट सम्मान गरिएको थियो ।
सन् २०१२ मा  स्थापना भएको एसोसिएसनमा करिब ७ सय सदस्य रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *