ओलीको आरोप– ‘विप्लवलाई सरकारको साथ’

????????????????????????????????????

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ कांग्रेस र चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मिलेर निर्वाचन भाँड्ने खेल गरिरहेको बताएका छन् ।

बिहीबार बिहान दाङको घोराहीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ओलीले हिजो मात्रै दोलखामा कांग्रेस र विप्लव पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको आरोप लगाए ।

निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने सरकारले उल्लंघन गरिरहेको उनले आरोप लगाए । प्रहरीको बढुवा, सरुवा, दिर्घकालिन महत्वका काममा हात हाल्ने, संघ संस्था दर्ता खारेजी जस्ता काम गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको ओलीले बताए ।