६ हजार धरौटीमा छुटेछन् मलेसियाबाट डिपोर्ट गरिएका शाह

काठमाडौं – अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएससँग आबद्व रहेको भन्दै मलेसियाबाट डिपोर्ट गरिएका नेपाली नागरिक धरौटीमा छुटेको खुलेको छ ।

मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका महेन्द्रजंग शाहलाई नक्कली कागजपत्र बनाएर आईएसलाई सघाएको आरोपमा मलेसिया सरकारले पक्राउ गरी २० दिनअघि नेपाल डिपोर्ट गरेको थियो ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले भदौ १७ मा विमानस्थलबाटै नियन्त्रणमा लिएर सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको खुलेको हो ।