कालिकोट- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कालिकोट पुग्नु भएको छ । कालिकोटकाे नरहरी गाउँपालिकामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा कालिकोट जानु भएको हो ।
कालिकोटमा आयोजित चुनावीसभाको सम्बोधनपछि प्रधानमन्त्री देउवा बिहीबार नै रोल्पा जाने कार्यक्रम रहेको छ । रोल्पाको सदरमुकाम लिवाङमा हुने चुनावीसभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।
रोल्पाको सदरमुकाम लिवाङमा हुने चुनावीसभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।






