प्लास्टिक उद्योगमा सुतली बम विष्फोट

मोरङ, ७ भदौ । मोरङको विराटनगर–१८ स्थित एमएम प्लाष्टिक उद्योगमा आइतबार राती अज्ञात समुहले सुतली बम विष्फोट गराएको छ । आइतबार राती साढे दश बजेतिर नम्बर नखुलेको मोटरसाइकलमा आएका अज्ञात दुई जनाको समुहले जर्दाको बट्टामा सुतली बम राखि आगो सल्काई उद्योगको पश्चिमतर्फको गेटबाट कम्पाउण्ड भित्र फ्याँकी फरार भएको सुरक्षागार्डलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।