बेलायतमा गुल्मेलीले नेपाल झल्काए (फोटो फिचर)

बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाटमा समाजले नेपालको भरपुर कला, संस्कृती र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुती हरु पस्किएको छ ।

३ अगष्ट आइतबार बेलायतको लन्डन फेल्थामको ट्युडोर पार्क स्पोर्टस् एन्ड लिजरको मैदानमा परिसरमा एक हजार भन्दा बढी मान्छे जम्मा भएको उक्त कार्यक्रममा सहभागी बेलायतका गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले कार्यक्रमलाई नेपालको गाउँ घरका पाखा पखेरा झल्किने कार्यक्रमको संज्ञा दिएका छन ।

कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा नेपालबाट आएका कलाकार हरुको लोक प्रस्तुतीमा सहभागीहरु झुमेर नाचे । खुला चौरका बिभिन्न स्थानमा विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, लाखे, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्म परम्परागत संगीतमा कार्यक्रमका सहभागी हरु स्वतस्फुर्त रुपमा माजले झुमेका थिए।

समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लन्डन स्थित नेपाली दुताबासका उपनियोग प्रमुख विपिन दबाडीले आफ्नो मन्तव्यमा गुल्मेली हरुको उल्लासमय जमघट र परोपकारी कार्यले आफुलाई प्रभावित पारेको बताए। प्रमुख  दवाडीले गुल्मी कला र संस्कृतिको क्षेत्रमा देशकै अगाडि रहेको बताए । उनले समृद्धि र पहिचानको मूल श्रोतका रूपमा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको स्पष्ट गरे ।

कार्यक्रममा बिशेष अतिथी एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगर गुल्मी रेसुंगाको कथा र श्लोक बाचन गर्दै सबै को मन जितेका थिए

 

 

संस्थापक अध्यक्ष ओम प्रसाद थापा

कार्यक्रममा कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगाले
—-

सांस्कृतिक कार्यक्रमको संयोजन तथा संचालन समाजकी प्रवक्ता मञ्जु खरेल भण्डारीले गरेका थिए

मौलिक परिकारहरू र खुला चौरको भेटघाटले कार्यक्रमलाई नेपाली समर पिकनिकमा बदलिदियो। खानपानको समुचित व्यवस्थाका लागि रारा रेस्टुरेन्टद्वारा उपलब्ध गराइएको क्याटेरिङले सबैको प्रशंसा बटुल्यो।

 

कार्यक्रमको सञ्चालन समाजका महासचिव मोहलाल घिमिरेले गर्नुभयो। स्वागत मन्तव्य समाजका सल्लाहकार केशव भण्डारीले राख्नुभयो। अध्यक्ष रूद्र थापा र कार्यक्रम संयोजक क्याप्टेन …….ले सबैलाई बिशेष धन्यवाद दिनुभयो।

माता राधिका दाशीले श्लोक र प्रवचनमार्फत मन्तव्य दिनुहुँदै कार्यक्रमलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुभयो। एनआरएन यूकेका अध्यक्ष प्रेम गाहा, संस्थाका संस्थापक अध्यक्ष ओमप्रकाश थापा काउछा तथा सत्यवती गाउँपालिकाका अध्यक्ष वेदप्रसाद थापाले समाजले बेलायतमा प्रस्तुत गर्दै आएको नेपाली संस्कृति र एकताको भावना सराहनीय रहेको बताउनुभयो।

बीर बलामीको संयोजनमा भएको राफल ड्र कार्यक्रमको विशेष आकर्षण बनेको थियो ।