लण्डन। बेलायतका गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज यूकेले आयोजना गरेको १७ औ बार्षिक भेटघाटमा समाजले नेपालको भरपुर कला, संस्कृती र परम्परा झल्काउने सांस्कृतिक प्रस्तुती हरु पस्किएको छ।
अगष्ट ३ आइतबार बेलायतको फेल्थामको ट्युडोर पार्क मैदान परिसरमा हजारौ जम्मा भएको उक्त कार्यक्रममा सहभागी बेलायतका गुल्मेली तथा गैर गुल्मेली नेपालीहरुले कार्यक्रमलाई नेपालको गाउँ घरका पाखा पखेरा झल्किने कार्यक्रमको संज्ञा दिएका छन।
कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा नेपालबाट आएका कलाकार हरुको लोक प्रस्तुतीमा सहभागीहरु झुमेर नाचे । खुला चौरका बिभिन्न स्थानमा विशेषतः गुल्मीतिर प्रचलित मौलिक सोरठी नाच, सराय नाच, घांटु नाच, तीजगीत, भजनदेखि गुल्मेली झयाउरे, ठाडो भाका र सालैजोसम्म परम्परागत संगीतमा कार्यक्रमका सहभागीहरु स्वतस्फुर्त रुपमा माजले झुमेका थिए।
समाजका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि लन्डन स्थित नेपाली दुताबासका उपनियोग प्रमुख विपिन दबाडीले आफ्नो मन्तव्यमा गुल्मेली हरुको उल्लासमय जमघट र परोपकारी कार्यले आफुलाई प्रभावित पारेको बताए। प्रमुख आतिथि दवाडीले गुल्मी कला र संस्कृतिको क्षेत्रमा देशकै अगाडि रहेको बताए । उनले समृद्धि र पहिचानको मूल श्रोतका रूपमा स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन अपरिहार्य रहेको स्पष्ट गरे ।
कार्यक्रमका बिशेष अतिथी माता राधिका दाशीले श्लोक र प्रवचन मार्फत मन्तव्य दिनुहुँदै कार्यक्रमलाई आध्यात्मिक ऊर्जा प्रदान गर्नुभयो।
कार्यक्रममा बिशेष अतिथी एनआरएन यूके अध्यक्ष प्रेम गाहा मगर गुल्मी रेसुंगाको कथा र श्लोक बाचन गर्दै सबैको मन जितेका थिए,
कालीगण्डकी गाउँपालिका प्रमुख वेदबहादुर थापाले समाजले बेलायतमा प्रस्तुत गर्दै आएको नेपाली संस्कृति र एकताको भावना सराहनीय रहेको बताए ।
अध्यक्ष रुद्र थापामगरले कार्यक्रम हर्षोल्लासमय वातावरणमा सम्पन्न भएको भन्दै कार्यक्रम तयारीमा खटिने कार्यमितिका साथीहरु, संस्थापक अध्यक्ष ओम थापा काउछा सहित पूर्वअध्यक्षहरु, ट्रस्टी, सल्लाहकार, संस्थाको निमन्त्रणालाई स्विकारी बाहिरी संघसंस्थाबाट उपस्थित पाहुना, प्रायोजक, कलाकार, झाँकी प्रदर्शन टोली, व्यापारिक स्टल सञ्चालक, खाना प्रबन्ध, मिडियाकर्मी सहित सम्पूर्ण लाई ध्स्न्यबाद दिए।

संस्थाका संस्थापक अध्यक्ष ओम प्रकाश थापा काउछाले गुल्मी जिल्ला समाज यूकेले सबै गुल्मेली सबैलाई गोलवद्ध गरेर दुःख सुःखमा साथ दिने संस्थाको रुपमा एकताको सूत्रमा बांध्न सफल भएको उल्लेख गर्दै अन्य संघसंस्थाका लागि पनि उदाहरण बनेको जनाए ।
कार्यक्रम संयोजक क्याप्टेन ताम ढेगाले कार्यक्रममा सहभागी कलाकार, सांस्कृतिक कार्यक्रम देखि क्याटरिङ र व्यवस्थापनका सबै पक्षलाई धन्यवाद दिदै कार्यक्रम गुणस्रीय र मनोरञ्जनत्मक भएको बताए
महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रममा कार्यसमिति उपाध्यक्ष मन्जु भण्डारी सल्लाहकार केशब भण्डारीले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सहित स्वागत गरेका थिए ।
दोश्रो चरणको सांस्कृतिक कार्यक्रमको संयोजन तथा संचालन समाजका सांस्कृतिक सचिब दिपक मैथाने मगरले गरेका थिए
मौलिक परिकारहरू र खुला चौरको भेटघाटले कार्यक्रमलाई नेपाली समर पिकनिकमा बदलिदियो। खानपानको समुचित व्यवस्थाका लागि रारा रेस्टुरेन्टद्वारा उपलब्ध गराइएको स्टलमा जलेवी, चटपटेका साथै बारबीक्यूसहित तीन कोर्स खाना उपलब्ध क्याटेरिङले सबैको प्रशंसा बटुल्यो।

पूर्व अध्यक्ष बीर बलामीको संयोजनमा भएको आकर्षक सुनका गरगहना पुरस्कारसहितको राफल ड्र कार्यक्रमको विशेष आकर्षण बनेको थियो ।
समाजले गर्ने अन्य कार्यक्रमका अलावा मनोरंजन र आपसी भेटघाटका हिसाबले यो समर कार्यक्रमलाई बेलायतको नेपाली समुदायमा बिशेष रुपमा हेर्ने गरिन्छ । सन २००७ मा बेलायतमा स्थापना भएको गुल्मी जिल्ला समाज यूकेले नेपालको गृह जिल्ला लगायत देशका अन्य स्थानमा गर्ने गरेको परोपकारी कार्यले समाजलाई एक उदाहरणीय संस्थाको रुपमा लिईन्छ। 























The






